अपांगता भएका व्यक्तिहरुबीच शुभकामना आदानप्रदान तथा भोजन कार्यक्रम सम्पन्न

असोज २८, काठमाडौं । साँस्कृतिक युवा समूहले दशै, तिहार लगायत नेपालीहरुको विशेष पर्वको अवसर पारी अपांगता भएका व्यक्तिहरुबीच शुभकामना आदानप्रदान तथा भोजन कार्यक्रम सम्पन्न गरेको छ ।

 

शनिवार जोरपाटीमा रहेको खगेन्द्र नवजीवनको हलमा ७० भन्दा बढी अपांगता भएका व्यक्तिहरुलाई निःशुल्क भोजन सहित साँस्कृतिक मनोरञ्जन प्रदान गरेका थिए । विभिन्न क्षेत्रमा आवद्ध व्यक्तिहरु, समाजसेवी, शिक्षक, कलाकार, सञ्चारकर्मीहरुको सहभागीतामा आयोजना गरेको उक्त कार्यक्रमले शारिरिक अपांगता र मानसिक रुपमा असक्षम व्यक्तिहरुलाई अतिथिहरुले खाना खुवाएर शुभरम्भा गरेको हो ।

आत्मीय सम्बन्ध स्थापित गराउन अपांगता भएका व्यक्तिहरुको मनोबल बढाउने उद्देश्यले आयोजना गरिएको त्यस कार्यक्रममा समाजसेवी सुर्वण बैद्याले आफु लामो समयदेखि दीनदुःखीहरुको सेवा गर्दै आएको स्मरण गराउदैं साँस्कृतिक युवा समूहले गरेको कार्यले अपांगता भएका र असाहय व्यक्तिहरुलाई आत्माविश्वास थप्ने कार्य गरेको बताए । प्रमुख अतिथि समेत रहेका वैद्याले समाजसेवा केही गर्न नसक्नेहरुको भावनालाई कदर गर्नु सक्नु र उनीहरुमा सन्तुष्टी प्रदान गर्न सक्नु नै महत्वपूर्ण कार्य भएको जिकिर गरे ।

 

कार्यक्रममा बोल्दै साँस्कृतिक युवा समूहको अध्यक्ष बेचन लामाले नेपाली कला र संस्कृतिलाई संरक्षण र प्रर्वद्धन गर्दै आएको संस्थाले सामाजिक कार्य पनि गर्दै आईरहेको बताए । उनले त्यस अभियान साथ सहयोग पु¥याउने सम्पूर्ण संघसंस्था तथा व्यक्तिहरुलाई आभार प्रकट गर्दै आगामी दिनहरुमा पनि असाहय, सडक बालबच्चा तथा अपांगता भएका व्यक्तिहरुलाई मनोरञ्जनासहित हरेक क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता गरे ।

कार्यक्रमका तस्बीरहरुः

 

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.