सदस्यता वितरण प्रणाली सुधारबारे पार्टी नेतृत्व तहबाटै तीव्र दबाब

असोज २६, काठमाडौं । नेपाली कांग्रेस अहिले पार्टीको विधान परिमार्जनका क्रममा छ ।

विद्यमान पार्टी क्रियाशील सदस्यता वितरण प्रणाली सुधारका लागि विज्ञबाटमात्र होइन, पार्टी नेतृत्व तहबाटै पनि तीव्र दबाब बढेको छ । नेपाली कांग्रेसले आफूलाई जनलोकप्रिय पार्टीकारुपमा परिभाषित गर्दै आएको छ । तरपनि उसको सदस्यता वितररण प्रणाली भने ‘क्याडर बेस्ड’ पार्टीकैजस्तो छ ।

अघिल्लो वर्ष सम्पन्न संघीय निर्वाचनमा नमीठो हार व्यहोरेपछि भने कांग्रेसभित्र क्रियाशील सदस्यता वितरणमा आमूल परिवर्तन गर्नुपर्ने भन्दै दबाब बढेको छ । तर, पछिल्ला छलफलहरुमा नेतृत्वको यसप्रति खासै चासो रहेको देखिन्न । विधान परिमाजर्नका लागि सुझाव संकलन गर्नेक्रममा पनि सदस्यता लिन चाहने सबै व्यक्तिले पाउने व्यवस्था गर्न सुझाव आएको छ ।

तर, पार्टी विधान परिमार्जन समितिले भने त्यसतर्फ त्यति ध्यान दिएको छैन । पार्टीका केन्द्रीय सदस्यहरु नै क्रियाशील सदस्यता वितरण प्रणालीमा सुधार नगरे पार्टी सुधार गर्न नसकिने पक्षमा छन् । पार्टी विधानलाई विश्वको जुनसुकै लोकतान्त्रिक पार्टीसँग जोड्नसक्ने गरी सदस्यता वितरण प्रणाली विकास गर्नुपर्ने बताउँछन्, केन्द्रीय सदस्य श्याम घिमिरे । पार्टीभित्र कि ‘क्याडर’ कि ‘मास बेस्ड’ बनाउनुपर्ने आवाज तीव्ररुपमा उठेकाले क्रियाशील सदस्यता वितरण प्रणालीमा सुधार गर्नुपर्ने बताउँछन्, केन्द्रीय सदस्य नवीन्द्रराज जोशी ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.