असोज २६, काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकलाई अत्याधुनिक बैंकिङ सेवाउपलब्ध गराउने उद्देश्यले मिसकल बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । जसअन्र्तगत ग्राहकले बैंकले उपलब्ध गराएका विभिन्न मोबाईल नम्बरमा मिस्डकल दिएर आफ्नो खाताको बारेमा जानकारी लिन सक्नेछन् ।
ग्लोबल आईएमई बैंकको मोबाइल बैंकिङ सेवा ग्लोबल स्मार्टमा आवद्ध बैंकका ग्राहकले उपभोग गर्न मिल्छ । यो सेवाअन्र्तगत मिस्डकल दिन सक्ने नम्बर यसप्रकार रहेका छन् । आफ्नो खातामा रहेको मौज्दात रकमको बारेमा जानकारी लिन ९८०१२३१२९४, खाताको पछिल्लो ३ वटा कारोबारको जानकारी लिन ९८०१२३१२९५, आफ्नो मोबाइलमा रु। १०० टपअप गर्न ९८०१२३१२९६, क्रेडिट कार्डको पछिल्लो ३ वटा कारोबारको जानकारी लिन ९८०१२३१२९७, आफुले बैंकमा बुझाउनुपर्ने कर्जाको किस्ता रकमको बारेमा जानकारी लिन ९८०१२३१२९८
र बैंकले प्रदान गर्ने विभिन्न कर्जाको बारेमा जानकारी लिन ९८०१२३१२९९
ग्राहकले उल्लेखितफोन नम्बरमा डायल गरेपछि उक्त नम्बरमा १ घण्टी जाने र आफैं फोन काटिने व्यवस्था मिलाइएको छ ।
त्यसपश्चात् बैंकले ग्राहकले बुझ्न चाहेको जानकारी मोबाइलमा म्यासेजमार्फत् पठाउनेछ ।

