योगेश भट्टराईलाई मन्त्री बनाउने गृहकार्यबारे प्रचण्डले गरे खुलासा

असोज २५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेकपाका नेता योगेश भट्टराई मन्त्री बनाउने तयारी गरेका छन् । अहिले रहेका कुनै मन्त्रीलाई हटाएर मन्त्री बनाउने विषयमा गृहकार्य भइरहेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा नेता तथा सांसद योगेश भट्टराईलाई चाँडै मन्त्री बनाउने गृहकार्य भइरहेको खुलासा गरे ।

पाथीभरा समाज ताप्लेजुङले बुधबार काठमाडौँमा दसैँ तिहारसहितका चाडपर्वका अवसरमा गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले त्यस्तो खुलासा गरेका हुन् । उनले कसरी, कसलाई हटाएर मन्त्री बनाउने भन्ने विषयमा भने केही खुलाएन । हाम्रा अध्यक्ष केपी शर्मा ओलीले योगेशजीलाई मन्त्री बनाउँछु भनेको कुरा मैले युट्युबमा हेरेँ । उनले भने योगेशजीलाई मन्त्री बनाउने कुरामा, बाचा पुरा गर्ने कुरामा हामी दुवैजना प्रतिवद्ध छौँ ।’ स्रोतका अनुसार मन्त्रीको कामको आधारमा मन्त्रीहरु फेरबदल गर्ने तयारी छ ।

प्रचण्डले भने,‘प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीले चुनाव जिताएर पठाउनुहोस म मन्त्री बनाउँछु भनेर भन्नुभएकै हो । तर, विविध कारणले बनाउन बनाउन सकिएन । उहाँ मन्त्री बन्नुहुन्छ । म विश्वास दिलाउन चाहन्छु ।’

वामदेव बारे

प्रचण्डले काठमाडौं क्षेत्र नम्बर ७ मा उपनिर्वाचन हुने विषयमा पार्टीमा निर्णय हुन बाँकी रहेको बताएका छन्। प्रचण्डले उप निर्वाचनबारे आज विहान प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल समेत भएको जानकारी दिए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.