आज ६३ औं प्रहरी दिवस मनाईदै

नेपाल प्रहरीले आज विशेष समारोहकाबीच ६३ औं प्रहरी दिवस मनाइरहेको छ। दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयले आज बिहान आयोजना गरेको विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, प्रहरी प्रमुख सर्वेन्द्र खनाल, लगायत सहभागि भए।

प्रहरी ऐन, २०१२ मा लालमोहर लगाइएको दिनको स्मरणमा हरेक वर्ष यो दिवस मनाइँदै आएको छ। बिहान ७ बजेदेखि सुरु भएको कार्यक्रममा १३ वटा विधाका उत्कृष्ट व्यक्तित्वहरुलाई समेत पुरस्कृत गरिएको छ। विभिन्न जिल्लाका प्रहरी कार्यालयले पनि दिवसको अवसरमा विविध कार्यक्रम आयोजना गरि मनाइरहेका छन्।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.