गलत काम गर्ने जोकोही प्रहरी अधिकृतलाई पनि बर्खास्त गर्ने चेतावनी

असोज २५, काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गलत काम गर्ने जोकोही प्रहरी अधिकृतलाई पनि बर्खास्त गर्ने चेतावनी दिएका छन् ।

प्रहरी महानिरीक्षक खनालले समाज र संगठन भित्र गलत काम गर्ने प्रहरी अधिकृतका कारण आफूलाई ‘गम्भिर चोट’ पुर्‍याएको उल्लेख गर्दै त्यस्ता प्रहरीलाई कडा कारवाही गर्ने चेतावनी दिए । बुधबार ललितपुरस्थित सातदोबाटोमा निर्मित ट्राफिक प्रहरी परिसरको भवन उद्घाटन गर्दै उनले सरकारले दिएको जिम्मेवारी र नागरिकको जीउधनको सुरक्षा गर्ने दायित्व इमान्दार र निष्ठापूर्वक बहन गर्न पनि मातहतका निकायलाई निर्देशन दिए ।

प्रहरी महानिरीक्षक खनालले सिंगो प्रहरी संगठनमाथि नै लाञ्छना लगाउने काम प्रहरी कर्मचारीबाटै हुने गरेको उल्लेख गर्दै त्यस्ता गतिविधि कडाईका साथ नियन्त्रण गर्ने दृढता व्यक्त गरे । प्रहरी महानिरीक्षक खनालले अपराध नियन्त्रणका लागि प्रहरीलाई सहयोग गर्न नागरिक समाजका अगुवाहरुलाई अपिल गरे । डिआइजी हुँदासम्म लोकप्रिय रहेका खनाल आइजिपी भएपछि निकै समय गुमनाम रहे भने केही समय यता बलात्कार, एसिड आक्रमण र हत्याका घटनाहरु बढ्दै जाँदा सिंगो प्रहरी प्रशासन नै मुसिदै गयो । एकथरीले आइजीपीको राजीनामा समेत माग्दै जाँदा खनाल सरकारको टार्गेटमा परेको समेत विश्लेषण सुरु भएको छ । उनको यो भनाईले यही कुराको पुष्टि गर्छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.