असोज २४, काठमाडौं । काल्र्सबर्ग गल्फ सिरिज् २०१८ को अन्तिम लिग सम्पन्न भएको छ । सिरिजमा पवित्रकुमार कार्कीले ३ सय अंक प्राप्त गरी आफ्नो लागि नेट सेक्सनमा पहिलो स्थान हासिल गर्न सफल भए भने पृथ्वी मल्लले ४९० अंकका साथ सिरिजका ग्रस च्याम्पियन बने ।
प्रतियोगितमा ३ वटा सिरिज रहेका थिए । ३ वटा सिरिजमध्येको अन्तिम सिरिज असोज २० गते सुरु भएको थियो । सिरिजमा आफ्नो होम क्लबहरुको भ्यालिड ह्यान्डीक्याप भएका देशभरिका उदयमान–गल्फरलाई पनि इभेन्टमा सहभागी गराइएको थियो । यो सिरिज् थ्रीबाईफोर ह्यान्डीक्यापका साथ स्टेबेलफोर्ड फम्र्याटमा खेलिएको थियो ।
गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरेले आफ्नो अनुभव बाँड्दै सन् १९९० देखि नेपालमा गल्फ खेलको प्रायोजक रहेको काल्र्सबर्गले प्रतिभाशाली उदयमान गल्फरलाई अघि आएर आफ्नो प्रतिभा देखाउने अवसर प्रदान गरेको बताए ।

