अनियमितता र ढिलासुस्तीबारे निरन्तर खबरदारी गर्न सुझाव

असोज २४, काठमाडौं । विकास समिति सभापति कल्याणी खड्काले विकास निर्माणका काममा पछिल्लो समय कहाँ अनियमितता छ भन्ने भन्दा पनि कहाँ अनियमितता छैन भन्ने अवस्था आएको बताएकी छन् ।

पत्रकारहरुसँग बुधबार भेटघाट गर्दै सभापति खड्काले यस्तो बताएकी हुन् । विकास निर्माणमा भइरहेको अनियमितता र ढिलासुस्तीबारे निरन्तर खबरदारी गर्न पनि खड्काले सुझाव दिएकी छन् । पप्पु कन्ट्रक्सनजस्ता गैरजिम्मेवार ठेकेदारहरुले ठेक्का लिएका पुल, सडक र अन्य पूर्वाधार अलपत्र रहेकाले यस्ता ठेकेदारलाई कारबाही गर्न समितिले ठोस कदम चाल्ने प्रतिवद्धता पनि खड्काले जनाइन् ।

ढिलासुस्ती र अनियमितताबारे मलाई मलाई सुझाव दिनुहोस् उनले भनिन्, ‘राम्रो काम गर्नेलाई पुरस्कार नराम्रो काम गर्नेलाई दण्डको व्यवस्था गर्न समिति प्रतिवद्ध छ ।’

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.