५ लाख घूससहित पोखराका सहन्यायधिवक्ता पक्राउ

असोज २४, काठमाडौं । पुनरावेदन अदालत पोखराका सहन्यायधिवक्ता सुरेन्द्रबहादुर थापालाई ५ लाख रुपैयाँ घूस लिँदालिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

आयोगको पोखरास्थित कार्यालयबाट खटिएको टोलीले उनलाई बुधबार पक्राउ गरेको हो । ठगी मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन नगरिदिने प्रलोभन देखाई सेवाग्राहीसँग घूस माग गरिरहेको भन्ने सूचना प्राप्त गरेपछि अनुसन्धानको लागि गएको अख्तियारको टोलीले थापालाई उनकै कार्यकक्षबाट नियन्त्रणमा लिएको अख्तियारद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ । अहिले थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

यस्तै, अख्तियारले मालपोत कार्यालय कास्कीमा कार्यरत मालपोत अधिकृत खेमनारायण पौडेल र खरिदार सञ्जय शर्मालाई पनि ५० हजार रुपैयाँ घूस लिँदालिँदैको अवस्थामा पक्राउ गरेको छ । जग्गा धितोबन्धक पास गर्ने सिलसिलामा सेवाग्राहीसँग घूस माग गरेको उजुरीका आधारमा अनुसन्धानको लागि गएको अख्तियारको टोलीले उनीहरुलाई मंगलबार नियन्त्रणमा लिएको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.