काठमाडौंमा स्वस्थकर मासु प्रदान गर्ने – व्यवसायी

असोज २३, काठमाडौं । स्वस्थकर मासु प्रदान गर्न मासु र मासुजन्य व्यवसायीले काठमाडौँ महानगरपालिकासँग सहकार्य गर्ने भएको छ ।

यहाँस्थित काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलाई पशु वधशाला व्यवसाय संघ, चौपाया खरिद बिक्री सेवा संघ, नेपाल खड्गी सेवा समिति, वंगुर ब्यवसायी संघ नेपाल र राष्ट्रिय कुखुरा बिक्री व्यबसायी संघले सहकार्य गर्ने लागेको हो । उपप्रमुख खड्गीले उपत्यकाका दुईवटा महानगरपालिका र अन्य नगरपालिकाहरुसँग छलफल गरी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

स्वस्थकर मासु उपभोक्तालाई प्रदान गर्ने विषयमा स्थानीय सरकारले ब्यवसायसँग सम्बन्धित नियम कानूनलाई परिमार्जन गर्न जरुरी रहेको बताउँदै ज्ञापन पत्रसमेत बुझाएको छ । ज्ञापनपत्रमा बधशाला निर्माणदेखि मासु जाँचको लागि तालिम, प्रयोगशाला, व्यवस्थित मासुपसल, चौपाया व्यवस्थापन केन्द्र निर्माण गर्न महानगरपालिकाले भूमिका खेल्नु व्यवसायीहरुले जोड दिनुभएको थियो । सरकारले १ अर्व ३० करोडको लगानीमा काठमाडौंमा आठवटा वधशाला निर्माण गरे पनि प्रयोगविहीन भएको बताउँदै ब्यवस्थित गर्न सुझाव समेत दिनुभएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.