दक्ष जनशक्ति निर्माण हुनेगरी शैक्षिक नीतिलाई परिवर्तन गर्ने प्रतिबद्धता

असोज २३, काठमाडौं । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले दक्ष जनशक्ति निर्माण हुनेगरी शैक्षिक नीतिलाई परिवर्तन गर्ने दाबी गरेका छन्।

उपप्रधानमन्त्री पोखरेलले दक्ष जनशक्ति निर्माणका लागि सरकारले प्राविधिक तथा व्यवसायिक शिक्षामा जोड दिने बताए। मंगलबार काठमाडौंको महाराजगंजस्थित शिवपुरी माध्यामिक विद्यालयको ७० औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले शैक्षिक बेरोजगारको संख्यालाई बढाउने शिक्षा नीतिकै कारण मुलुकले दूर्भाग्यपूर्ण अवस्था भोगिरहेको उल्लेख गर्दै त्यसलाई अन्त्य गर्न सरकारले ७० प्रतिशतभन्दा बढि प्राविधिक तथा व्यवसायिक शिक्षामा जोड दिने गरी पाठ्यक्रमहरुको निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरे।

शिक्षालाई जीवन उपयोगी बनाउन पनि ७० प्रतिशत भन्दा बढि व्यवसायिक तथा प्राविधिक शिक्षा लिने व्यवस्था गर्नुको विकल्प नरहेको उपप्रधानमन्त्री पोखरेलको भनाइ छ। उपप्रधानमन्त्री पोखरेलले माध्यामिक तहसम्मको शिक्षालाई निःशुल्क बनाउने संविधानको मौलिक हकसम्बन्धि व्यवस्थालाई कार्यान्वयनमा ल्याउन ढिलाई नहुने बताए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.