प्रदेश–३ को स्थायी राजधानीसम्बन्धी प्रस्ताव प्रदेशसभामा पेस

असोज २३, हेटौडा । प्रदेश नम्बर–३ को स्थायी राजधानीसम्बन्धी प्रस्ताव प्रदेशसभा बैठकमा पेस भएको छ ।

सोमबार हेटौंडामा बसेको प्रदेशसभा बैठकमा राजधानी सम्भाव्यता अध्ययन विशेष समितिको प्रतिवेदन पेस गरिएको हो । समितिका सभापति दीपक निरौलाले प्रतिवेदन सभामा प्रस्तुत् गरेका थिए । उनले प्रतिवेदनमा राजधानीका लागि उपयुक्त भनी सिफारिस गरिएका विभिन्न जिल्लाका जिल्लागत विवेचना र विश्लेषण राखिएको जानकारी दिए ।

राजधानीको विषयमा देशको विकास र जनताको सेवालाई हेरेर निर्णय गर्नुपर्ने उनको भनाइ थियो । समितिले काभ्रे, भक्तपुर, चितवन, नुवाकोट र मकवानपुर गरी पाँचमध्ये एक जिल्लालाई राजधानी तोक्न उपयुक्त हुने सुझाव दिएको छ । उता, हेटौंडालाई नै प्रदेश–३ को स्थायी राजधानी बनाउनुपर्ने माग गर्दै जन सरोकार केन्द्रले सोमबारै संसद सचिवालयअगाडि धर्ना दिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.