ट्रम्प र किमबीच दोस्रो शिखर सम्मेलन यसै महिना हुने

असोज २३, काठमाडौं । सोमबार उत्तर कोरिया भ्रमणका क्रममा रहेका अमेरिकी राज्य सचिव माइक पोम्पेओले नेता किम जोङ उनसँग भेटवार्ता गरेका छन् । जसमा किमले आफ्ना आणविक परीक्षण स्थलहरुमा अन्तर्राष्ट्रिय निरीक्षणकर्तालाई प्रवेश गर्न स्वीकृति दिएको पोम्पेओले बताएका हुन् । निशस्त्रीकरण सम्बन्धी अमेरिकासँग भएको सम्झौतामा यो विषयले धेरैपटक बाधा पुर्याएको थियो ।

यस्तोमा पोम्पेओ यसैबारे छलफल गर्न अनि ट्रम्प र किमबीच अर्को शिखर सम्मेलन आयोजनाको तयारी गर्न प्योङयोङ पुगेका हुन् । तर आइतबार भने किमले आफ्ना सबैभन्दा ठूलो परीक्षण स्थलको निरीक्षण गर्न अनुसन्धानकर्ताहरुलाई अनुमति दिने भएका हुन् । उता यसै महिनाको अन्त्यमा किम र ट्रम्पबीच अर्को शिखर सम्मेलन बस्नेमा पनि सहमति भएको पोम्पेओको भनाइ छ । यसअघि दुवैबीच सिंगापूरमा भएको ऐतिहासिक सम्मेलनको अत्याधिक प्रचार भएको थियो तरपनि त्यसबाट साचेअनुरुप परिणाम नआएपछि अमेरिका ठूलो दबाबमा रहेको थियो ।

तर सबै समस्या समाधान गर्न पोम्पेओ यो वर्ष मात्र चौथोपटक उत्तर कोरिया पुगेका हुन् । यसअघिको भ्रमणमा भने अमेरिकाले गुन्डाको शैली अपनाइरहेको आरोपका कारण पोम्पेओले किमसँग भेट गर्न पाएका थिएनन् तर आइतबारको बैठकपछि भने किम सम्पूर्ण वार्तालाई लिएर सन्तुष्ट रहेको राष्ट्रिय संचार केसिएनएले जनाएको हो । केसिएनएले उनीहरुले हात मिलाएर हाँसिरहेको तस्बिर समेत पहिलो पेजमा प्रकाशित गरेको छ ।

दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनले पनि यस भेटवार्तालाई निशस्त्रीकरण तर्फको अर्को ठूलो कदम बताएका हुन् । त्यसैगरी उनले किम अब केही समयमै रुस भ्रमणमा जाने जानकारी पनि दिएका छन् । उता चिनियाँ राष्ट्रपति शि जिनपिङ भने प्योङयोङ आउने तय भएको बताइएको छ । मुनले यसअघि पनि उत्तर कोरियाले सबै सर्त मान्न तयार रहेको तर त्यसै अनुरुप अमेरिकाले सबैभन्दा पहिले कोरियाली युद्ध अन्त्यको औपचारिक घोषणा गरि आफूहरुको पक्षमा निर्णय गर्नुपर्ने बताएका थिए ।–एजेन्सी

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.