घरेलु हिंसालगायत बलात्कारका घटना वृद्धि

असोज २३, काठमाडौँ । विगत तीन वर्षको अवधिमा घरेलु हिंसालगायत बलात्कारका घटना वृद्धि भएका छन् ।

अखिल नेपाल महिला सङ्घ, अनेम सङ्घ (क्रान्तिकारी) द्वारा सोमवार राजधानीमा आयोजित महिला हिंसासम्बन्धी कार्यक्रममा अधिकारकर्मी गौरी प्रधानले प्रस्तुत गर्नुभएको कार्यपत्रको तथ्याङ्कले सो कुरा देखाएको हो । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कलाई आधार मानेर प्रधानले प्रस्तुत गर्नुभएको कार्यपत्रमा र्आिर्थक वर्ष २०७०÷७१ मा महिला विरूद्धको हिंसाका घटना छ हजार ८३५ र बलात्कारका घटना ९१२ थिए भने आर्थिक वर्ष २०७४÷७५ मा घरेलु हिंसाका १२ हजार २२५ र बलात्कारका एक हजार ४८३ घटना नेपाल प्रहरीमा दर्ता भएको उल्लेख छ ।

मानवअधिकारकर्मी प्रधानले महिला हिंसाविरूद्ध एकजुट हुन आह्वान गर्देै अमेरिकादेखि ‘मि टु’ अभियान सुरू भएकोमा अहिले यस अभियानले विश्वकै ध्यानाकर्षण गरिरहेको छ, मानवअधिकारको रक्षाका लािग महिला हिंसाविरूद्ध हरेक नेपाली एकजुट हुनुपर्छ भन्नुभयो । प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कको तुलना गर्दा महिलाविरूद्ध लाग्ने बोक्सीको आरोप, बाल विवाह, गर्भपतन, बेचविखन, बलात्कार प्रयास लगायतका सबै प्रकारका हिंसाका घटनामा वृद्धि भइरहेको उहाँले भन्नुभयो–‘त्यसमध्ये पनि बलात्कार र यौनजन्य हिंसामा १८ वर्ष मुनिका ९९५ जना र १९ वर्ष उमेर समूहका ४६८ जना प्रभावित भएका छन् । ती तथ्याङ्कलाई विश्लेषण गर्दा महिला, बालबालिकाको मानवअधिकार व्यापक हनन भइरहेका छन् । मानवअधिकारको रक्षाका लागि सामूहिक प्रयास थालौंँ ।’

अखिल नेपाल महिला सङ्घका अध्यक्ष गोमा देवकोटा र अनेमसङ्घ (क्रान्तिकारी) अध्यक्ष अमृता थापाले आह्वान गर्नुभएको महिला हिंसा विरूद्धको हिंसाका कारण, समाधान विषयका अन्तरक्रियात्मक कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव रमा शर्मा, शिक्षा, विज्ञान प्रविधि मन्त्रालयका उपसचिव लक्ष्मी भण्डारी, अधिवक्ता विश्वप्रकाश भण्डारी लगायतले महिला हिंसा न्यूनीकरणबारे मन्तब्य राख्नुभएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.