आमाको किरिया नगरेको भन्दै सामाजिक वहिस्कार

असोज २२, गौशाला । आमाको किरिया नगरेको भन्दै महोत्तरीको सोनमा–८ सिंहासनीको एक परिवार सामाजिक वहिस्कारमा परेको छ । स्थानीय पानोदेवी यादवको मृत्युपछि कर्मकाण्ड नगर्दा तोकिएको जरिवाना तिर्न नसक्दा उनका छोरा जिनिस राय (यादव) बहिष्करणमा परेका हुन्।

सामाजिक परम्पराअनुसार किरिया नगर्दा उनलाई गाउँलेको ‘पञ्चायत’ ले १ लाख २५ हजार जरिवाना तोकेको थियो । तराई–मधेसका जिल्लामा जातिपिच्छे जातीय नेता (माइजन) गाउँ÷गाउँमा तोकिएका हुन्छन्। जातीय कामकाजको नेतृत्व उनीहरूले नै गरिरहेका हुन्छन्। गाउँको संस्काररव्यवहार बिगारेको ठहर गर्दै बसेको गाँलेको बैठकले पीडितलाई दण्ड, जरिवाना गरेको हो ।

जिनिसको चार छोरी र एक छोरा छन्। दुई छोरीको विवाहमा ऋण काढेर दाइजो दिएकाका कारण उनी आर्थिक समस्यामा परेका छन्। दुई छोरीको विवाह गर्नुपर्ने तनावका बेला आमाको मृत्युसंस्कार नगर्दा गरिएको सामाजिक कारबाहीले झनै पिरोलेको उनको भनाइ छ । उनकी आमाको २०७३ कात्तिक १९ गते निधन भएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.