सहकारी क्षेत्रले कूल गार्हस्थ्य उत्पादनमा ५ प्रतिशत योगदान

असोज २२, काठमाडौँ । सहकारी क्षेत्रले कूल गार्हस्थ्य उत्पादनमा करीब पाँच प्रतिशत योगदान गरेको छ। सहकारी क्षेत्रले मुलुकमा ६४ हजारलाई रोजगारी प्रदान गर्नुका साथै वित्तीय क्षेत्रमा २१ प्रतिशत योगदान गरेको पाइएको छ।

मुलुकमा ३४ हजार ५१२ सहकारी रहेकामा बचत तथा ऋण परिचालन गर्ने करीब १५ हजार सहकारी छन्। रिलायबल बचत तथा ऋण सहकारी संस्थाको २० औँ साधारणसभामा राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष केशव बडालले हाल सहकारीमा ६४ लाख शेयर सदस्य रहेकामा ५१ प्रतिशत महिला प्रतिनिधित्व रहेको बताए।

काठमाडौँमा कार्य क्षेत्र रहेको उक्त सहकारी संस्थाका अध्यक्ष ओमदेवी मल्लले साधारणसभामा संस्थाको चुक्ता पूँजी एक करोड ९७ लाख छ भने निक्षेप १२ करोड र ऋण आठ करोड रहेको जानकारी दिए। एक हजार ६५ सदस्य रहेको उक्त सहकारीले अहिले १५ करोडको कारोवार सञ्चालन गरेको छ।–रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.