अन्डर–१८ महिला साफ च्याम्पियनसिपमा नेपाल उपविजेता

असोज २२, काठमाडौं ।। भुुटानमा सम्पन्न अन्डर–१८ महिला साफ च्याम्पियनसिपमा नेपालले उपविजेतामा चित्त बुझाएको छ । सोमबार भएको फाइनलमा नेपाली टोली बंगलादेशसँग १—० गोल अन्तरले पराजित भएको हो ।

समूूह चरणमा राम्रो प्रदर्शन गरेको नेपाली टोली बंगलादेशसँगको खेलमा छिनो अन्तरले पराजित भएपछि नयाँ इतिहास रच्न सकेन । नेपालका लागि बलियो टोली मानिएको भारतलाई सेमिफाइनलमा ट्राइब्रेकरमा पराजित गरेको नेपालले आइतबार पटक—पटक गोलको प्रयास गरेपनि गोल गर्न सकेन ।

नेपाली टोलीकी फरवार्ड रेखा पौडेल प्रतियोगिताकी सर्वाधिक गोल कर्ता बनिन् । उनले प्रतियोगिताभर ७ गोल गरिन् । रेखाले रेफ्रीका कारण आफूहरुले खेल हार्नुपरेको आरोप लगाएकी छन् । उनले भनिन्, “रेफ्रीको निर्णयको कारण पनि हामी हार्न पुुग्यौं । हामीले गोल गर्दापनि गोल मानेन् र बंगलादेशको अफसाइड गोललाई पनि गोल दिइयो ।”

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.