असोज २१, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संगठनमा ३२ वर्षे उमेरहदको प्रस्ताव गरिएको छ । नेविसंघ निर्देशक समितिका संयोजक समेत रहेका प्रकाशशरण महतले कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा ३२ वर्षको उमेरहद कायम हुनेगरी प्रस्ताव गरेका छन् ।
कांग्रेस बैठकले उक्त प्रस्ताव अनुमोदन गरेमा नेविसंघमा अब ३२ वर्षभन्दा मूनिका मात्रै सदस्य रहनेछन् । यसअघि विवाद भएपछि निर्देशक समितिले प्रस्ताव तयार पारेको थिएन । केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा डा. महतले यस्तो प्रस्ताव पेस गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

