आजको मौसम: पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायम

काठमाडौं, २६ असोज। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव कायम रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका साथै कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बादली लागेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो देशका हिमाली र पहाडी भूभागमा आंशिक बादली लाग्ने तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक(दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

 

राति भने देशको हिमाली भूभागमा आंशिक बादली लाग्ने तथा पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। तराईका थोरै भूभागमा बिहानपख हुस्सु लाग्ने सम्भावना छ। गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक(दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपात हुन सक्नेछ।

कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थान तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। यसबाट बच्न तथा सतर्कता अपनाउन महाशाखाले सर्वसाधारण र सरोकारवाला निकायहरूलाई नियमित रूपमा पछिल्लो मौसमी सूचना जानकारीमा राखी आवश्यक पूर्वतयारी गर्न अनुरोध गरेको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.