काठमाडौं, १३ असोज । बाराको सिम्रौनगढबाट दुई थान कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–२, अमृतगञ्जका ५० वर्षीय जयप्रकाश कुसवाह रहेका छन्।
सिम्रौनगढ नगरपालिका–२ स्थित सलेमपुरबाट सोमबार साँझ उनको साथबाट दुई थान कटुवा पेस्तोल बरामद गरिएको सशस्त्र प्रहरी निरीक्षक दिलकुमार श्रेष्ठले जानकारी दिए। पक्राउ परेका कुसवाहमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

