आइसिसी विश्व एसिया बी छनोटः आयोजक मलेसियविरुद्ध नेपालको जीत

असोज २०, काठमाडौं । आइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ २०१८ को दोस्रो खेलमा नेपालले आयोजक मलेसियालाई पराजित गरेको छ ।

मलेसियाले दिएको १०१ रनको चुनौती पछ्छ्याएको नेपालले १२.४ ओभरमा भेट्टायो । खेलमा अनिल कुमार शाहले १ रन बिनोद भण्डारीले १२ रन, कप्तान पारस खड्काले अर्धशतक परि खेल्दै ५२ रनको योगदान दिए । उप कप्तान ज्ञानेन्द्र मल्लले नट आउट २७ रनको योगदान दिए ।

खेलमा नेपालका लागि सन्दीप लामिछानेले ५ वीकेट लिएका थिए भने पारस खड्काले ३ र सोमपाल कामीले २ वीकेट लिए । पछिल्लो ५ ओभरमा मात्रै नेपालले ५२ रन जोड्न सफल भए । नेपाल र मलेसिया ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आमने सामने भएको पाँच वर्षपछि यो पहिलो पटक हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.