असोज २०, काठमाडौं । दाङको तुल्सीपुरबाट नेपालगञ्ज जाँदै गरेको हाइस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
शनिबार विहान रा १ ख १६६२ नम्बरको हाईसले बाँकेको ठुटे जङ्गलमा बसलाई ओभर ट्याक गर्ने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि अन्य १२ जना घाईते भएका छन् । घाइतेहरुको उपचारका लागि नेपालगञ्ज लगिएको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीको भनाई रहेको छ ।

