विकृतिलाई न्यूनिकरण गर्न प्रत्येक टोल संवेदनशील हुन वडा अध्यक्षको आग्रह

असोज २०, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा ८ स्थित संगम टोल सुधार समितिले आज शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रम सम्पन्न गरिएको छ ।

एक वर्षअगाडीदेखि निरन्तर रुपमा टोलसुधार समितिले सामाजिक विकासमा उत्थान हुने गतिविधि गर्दै आएको छ । हरेक शनिवार टोलका सबै जना भेलाई भई विहानी समयमा सरसफाई समेत गराउँदै आएका टोल सुधार समितिले अन्य सामाजिक परिवर्तनमा समेत कार्य अगाडी बढाउँदै आएको छ ।

कार्यक्रममा प्रमुख अथिति समेत रहेका वडा ८ का अध्यक्ष मनोज ढुंगानाले नामअनुसारको कार्य भईरहेकोमा खुसी व्यक्त गर्दै संगम टोलको सामाजिक परिवर्तन र विकास निर्माणको कार्यलाई समेत सहयोग पु¥याउन वडाबाट ५ लाख रकम विनियोजित गरेको स्पस्ट पारे । उनले आफ्नो वडालाई नमूना वडाको रुपमा विकास गर्न सामाजिक सुरक्षा, युवा सीप विकास, महिला सशक्तिकरण तथा विकास निर्माणका पक्षमा अग्रपंक्तिममा सक्रियका साथ लागिरहेको समेत व्यक्त गरे । साथै आउँदै गरेको नेपालीहरुको महान पर्व दशै, तिहारको शुभकामना दिदै चाँडपर्वमा हुने हरेक विकृतिहरुलाई न्यूणिकरण गर्न प्रत्येक टोल सजक र संवेदनशील हुनआग्रह गरे ।

त्यस्तै जिल्ला समन्वय समितिका सदस्य सान्नानी लामाले जनप्रतिनिधिलाई अतिथिको रुपमा भन्दा पनि आफ्नै अभिभागको रुपमा बोलाउन आग्रह गर्दै टोल–टोलमा सबै जना एकजुट भएमा परिवर्तन गर्न सहज हुने बताईन् । उनले टोलमा बसेपछि एक–अर्कामा साथ सहयोगको भावनाअनुरुप मिलिजुली बस्न आग्रह गर्दै टोल सुधारका लागि भित्रि अन्तरआत्मादेखि सबैजना लाग्नुपर्ने बताईन् ।

टोलसुधार समितिका अध्यक्ष प्रकाश अधिकारीले सामाजिक अभियानले नै समाज परिवर्तन हुने भएकाले सरसफाईलाई पनि अभियानकै रुपमा अगाडी बढाएको बताए । अध्यक्ष अधिकारीले सरफाई अभियानलाई पृथक ढंगले अघि बढाएको उल्लेख गर्दै टोलमा बसोबास गर्ने सबैको परिचाय तथा भातृत्वको भावना स्थापित गर्न पनि यो अभियान थालेको बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.