किंग्स टी–१० इन्डोर टुर्नामेन्ट : सेमिफाइनल चरणमा प्रवेश

भदौ ६, काठमाडौं : किङ्स क्रिकेट एकाडेमी,रोयल  स्पोर्ट्स पार्क र  त्रिकल्प ईभेन्ट्स को आयोजनामा भैइरहेको किंग्स टी–१० इन्डोर टुर्नामेन्ट सिजन–२मा  याङ्री बोईज, रोयल स्पोर्ट्स पार्क ब्लु, बाकयार्ड बि र पाङोलिन ट्राभल्स  सेमिफाइनल प्रवेश गरेको छ ।

रोयल स्पोर्टस पार्कमा  सम्पन्न भएको पहिलो क्वार्टरफाइनलमा पाङोलिन ट्राभल्सले बाकयार्ड ए लाई १७ रनले पराजित गर्‍यो। पाङोलिन ट्राभल्सले ५ विकेट गुमाएर ९७ रन बनाउएको थियो। पाङोलिन ट्राभल्स का लागि रविले ३७ र सुमितले  २८ रन बनाए। जवाफमा बाकयार्ड ए ले निर्धारित १० ओभरमा ५ विकेटको क्षतिमा ८० रन मात्र बनाउना सक्यो।

अर्को क्वार्टरफाइनलमा याङ्री बोईज ले द क्यानन क्लब माथि ३५ रनको शानदार जित निकाल्यो। याङ्री बोईज ले ५ विकेट गुमाएर ७२ बनाएको थियो । याङ्री बोईज का लागि कृशले ३९ रनको योगदान दिए। जवाफमा द क्यानन क्लब ले ७ विकेट गुमाउदै ३७ रन मात्र बनायो।

त्यस्तै, बाकयार्ड बि ले मिक्समाण्डुलाई ३२ रनले पराजित गर्दै अन्तिम चारमा स्थान बनायो। बाकयार्ड बि ले ६ विकेट गुमाउदै ८७ रन बनाएको थियो। बाकयार्ड बिका लागि  सक्षम ले उत्कृष्ट  पारि खेल्दै ६९ रन बनाए। जवाफमा मिक्समाण्डुले  ७ विकेट गुमाएर ५६ रन मात्र बनायो ।

चौथो क्वार्टरफाइनलमा रोयल स्पोर्ट्स पार्क ब्लु ले टिम एन्टि बायोटिक्स लाई २६ रनले पराजित गर्दै सेमिफाइनल यात्रा तय गर्‍यो। रोयल स्पोर्ट्स पार्क ब्लुले ६२ रन बनाएको थियो भने टिम एन्टि बायोटिक्स ३७ रन मै रोकियो।

यससँगै  याङ्री बोईज, रोयल स्पोर्ट्स पार्क ब्लु, , बाकयार्ड बि र पाङोलिन ट्राभल्स  प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेका छन् । प्रतियोगिताको सेमिफाइनल तथा फाइनल खेल भदौ ८ गते सोमबार रोयल स्पोर्टस पार्कमा  हुनेछ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.