साउन ३०, काठमाडौं । काठमाडाैँको बुढानिलकण्ठमा नयाँ क्रिकेट एकेडेमी क्रिकेट एरेनाको उद्घाटन भएको छ ।
बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारीले शनिबार एक कार्यक्रमकाबीच एकेडेमीको औपचारिक रुपमा शुभारम्भ गरेका हुन् । ‘क्रिकेट एरेना : स्कुल अफ क्रिकेट, स्कुफ अफ चेस’ नाम रहेको एकेडेमीमन क्रिकेट र चेस दुई खेल सिकाईन्छ ।

बुढानिलकण्ड नगरपालिका वडा नम्बर ८ तल्लो भंगाल ओमनगर समाजमा अवस्थित रहेको क्रिकेट एरेना साढे ३ रोपनी क्षेत्रमा फैलिएको छ । जहाँ क्रिकेटको लागि दुई ईन्डोर नेट रहेको छ भने खुल्ला क्रिकेट मैदान पनि छ । मैदानमा स्ट्यान्डर्ड पित समेत निर्माण गरिएको र एक टिममा ८ जना खेलाडी राखेर खेल्न मिल्ने सञ्चालक रुपक अर्यालले जानकारी दिए ।
पछिल्लो समय क्रिकेटमा धेरैको चासो रहेकोले ग्रासरुट देखि क्रिकेटको विकासका लागि एकेडेमी सञ्चालन गिएको अर्यालले बताए । ‘बच्चाहरुलाई खेल मनत्र नभई मानसिक विकासको लागि क्रिकेट र चेसको लागि यश एकेडेमी सञ्चालनमा ल्याएका छाैँ’ उनले भने । एकेडेमीमा हाल १० जनाले प्रशिक्षण लिईरहेको र ४० देखि ५० जनासम्म लाई प्रशिक्षण दिने लक्ष्य राखेको उनले बताए । त्यसका लागि एडमिसन खुल्ला गरिने अर्यालले बताए । दुई प्रकारको एडमिसन खेल्ला गर्छाैँ । एउटा हप्ताको तीन दिन र अर्को हप्ताको ६ दिन प्रशिक्षण हुनेछ । एडमिसन गरेपछि क्रिकेट ब्याट र टिसर्ट प्रदान गर्छाैँ’ अर्यालले भने ।

एकेडेमीका पूर्व राष्ट्रिय क्रिकेटर प्रदिप गुरुङले प्रशिक्षण दिनेछन् । राष्ट्रिय स्तरको प्रतियोगिता खेलेका गुरुङ बालुवाटार क्रिकेट क्लबका पूर्व खेलाडी हुन् । एकेडेमीको उद्घाटन गर्दै बुढानिलकण्ठ नगरपालिकाको नगर प्रमुख मिठाराम अधिकारीले यसरी क्रिकेटको एकेडेमीहरु खुल्नु खुशी र गाैरवको कुरा भएको बताए । साथै उनले यश एकेडेमीबाट भविष्यमा राष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन हुने र राष्ट्रिय टिमबाट खेल्ने विश्वास व्यक्त गरे ।

अधिकारीले सन्दीप लामिछानेले क्रिकेटबाटै नेपाललाई विश्वमा चिनाएको र गारूेव बनाएको भन्दै अहिले क्रिकेट खेलतर्फ धेरैको आकर्षण रहेको बताए । बुढानिलकण्ड नगरपालिकाले क्रिकेट लगायतविभिन्न खेललाई प्राथमिकता दिएको र यो म्रिकेट एकेडेमी पनि थपिनु राम्रो कुरा भएको बताए ।

