असोज १९, काठमाडौं । भ्रष्टाचारको अभियोगमा दक्षिण कोरियाका पूर्वराष्ट्रपति ली म्युङ बाकलाई १५ बर्षको जेल सजाय तोकेको छ ।
सोलस्थित उच्च अदालतले बाकमाथि पदको दुरुपयोग गरी राज्यको ढुकुटीबाट अरबौं अमेरिकी डलर भ्रष्टाचार गरेको अभियोग लगाइएको छ । साथै अदालतले उनलाई १३ अर्व अमेरिकी डलरको जरिवाना पनि तोकेको छ । बाक दक्षिण कोरियाको इतिहासमा जेल सजाय पाउने चौथो पूर्वराष्ट्रपति बनेका छन् । –एजेन्सी

