सन्जय खड्का ।
फेसबुकतिर एउटै चर्चा छ— महाधिवेशनमा कसले राम्रो बोल्यो? अनि बालेन चाहिँ किन बीचमै काठमाडौं फर्के ? यसमा अल्मलिइरहनु पर्ने कुनै दुविधै छैन। दृश्य एकदम छर्लङ्ग छ:
पहिलो नेता (ऐतिहासिक र रचनात्मक)
जसले इतिहास, वर्तमान र भविष्यलाई कलात्मक ढंगले जोडे। आफ्ना कमजोरीको शालीनतापूर्वक आत्मालोचना गरे र “अब यसरी जाँदा राम्रो होला” भन्दै रचनात्मक सुझाव पस्किए । उनले राजनीतिमा एउटा उच्च र ऐतिहासिक संस्कारको नमूना पेश गरे ।
दोस्रो नेता (संस्कारी र मार्गदर्शक)
जसले निम्त्याइएका पाहुनालाई कसरी सम्मान गर्नुपर्छ भन्ने सिकाए । असल राजनीतिक संस्कार के हो, अग्रजहरूको ऐतिहासिक योगदानको कदर कसरी गर्नुपर्छ, र एउटा परिपक्व नेताले आफ्ना कार्यकर्तालाई कसरी सही दिशानिर्देश गर्छ भन्ने सराहनीय र उदाहरणीय प्रस्तुति दिए ।
र, त्यसपछि आए ‘अर्का’ महोदय…!
जसले यो महाधिवेशनको गरिमा र आफ्नो ओहोदा नै बिर्सिए ! आफैंले बोलाएको पाहुनालाई मञ्चमै ‘रोस्ट’ गर्न कार्यकर्ता उचाले । “काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर” भनेझैं, आफ्ना गल्तीहरूको आत्मालोचना वा स्पष्टीकरण दिनु त कहाँ हो कहाँ, उल्टै कुरा बङ्ग्याएर ‘मपाईँत्व’ प्रदर्शन गरे । त्यहाँ कुनै राजनीतिक संस्कार थिएन, केवल एउटा सस्तो ‘फ्रि-स्टाइल र्याप ब्याटल’ मात्र थियो !
अनि बालेन किन काठमाडौं फर्के रे ?
कुरा प्रस्ट छ, हजुर! उनको ‘क्रोनोलोजी’ र इतिहास बुझ्न नसक्नु हाम्रो कमजोरी हो, उनको होइन । स्थानीय चुनावमा: आफू मेयर उठ्दा मात्र भोट हाले । प्रतिनिधिसभा चुनावमा: आफू ‘प्रधानमन्त्रीको उम्मेदवार’ हुँदा भोट हाले । र अहिले: अब अर्को महाधिवेशनमा सिधै भोट हाल्छन् …!!!
कुरा बुझ्नुभो नि, हजुर ? बुझ्नेलाई इसारा काफी छ!

