विश्वकप फुटबलको निःशुल्क प्रसारण मिलाउन सांसद प्रमेश हमालको माग

काठमाडाैं। नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रमेश हमालले विश्वकप प्रतियोगिताको प्रत्यक्ष प्रसारण आम नागरिकको पहुँचमा सहज बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद हमालले विश्वकप हेर्नका लागि दर्शकले ९९९ रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था सबै नागरिकको आर्थिक पहुँचमा नरहेको बताए।

विश्वकपप्रति आम नेपाली जनताको उच्च चासो रहेको उल्लेख गर्दै उनले यस्तो महँगो शुल्कका कारण धेरै नागरिक प्रत्यक्ष प्रसारण हेर्नबाट वञ्चित हुनुपरेकोमा चिन्ता व्यक्त गरे।

सांसद हमालले सभामुखमार्फत नेपाल सरकारसँग सरकारी सञ्चारमाध्यम नेपाल टेलिभिजनबाट विश्वकपका खेलहरू निःशुल्क प्रसारण गर्ने व्यवस्था मिलाउन जोडदार माग गरे। बैठकमा बोल्दै उनले विश्वकपमा आफ्नो समेत चासो रहेको तर ९९९ रुपैयाँ तिर्नुपर्ने बाध्यता सबैका लागि सहज नभएको उल्लेख गरे।

प्रसारणकर्ताहरूले अहिलेसम्म आवश्यक आम्दानी उठाइसकेको हुन सक्ने अनुमान गर्दै उनले सरकारले आफ्नै टेलिभिजनमार्फत खेलहरू निःशुल्क उपलब्ध गराउनुपर्ने र अन्य निजी सेवा प्रदायकहरूलाई पनि यो विषयमा लचिलो बन्न आग्रह गर्नुपर्ने बताए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.