बागमतीका ९ जिल्लामा रास्वपा अधिवेशन सम्पन्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेशका १३ जिल्लामध्ये ९ जिल्लाको अधिवेशन सम्पन्न भएको छ ।

जसमा काठमाडौं जिल्ला सभापतिमा राजा शाक्य, रामेश्वर बस्नेत भक्तपुर, प्रबिन ढकाल काभ्रेपलान्चोक, अविनाश बस्नेत सिन्धुली निर्वाचित भएका छन ।

रामेछापमा रमेश रायमाझी, दोलखामा दिनेश बस्नेत, रामेश्वर गजुरेल नुवाकोट, राजन अर्याल धादिङ र मकवानपुरमा सन्जिव पाठक निर्वचित भएका छन् । चितवन, रसुवा र ललितपुरमा आज अधिवेशन हुँदै छ । सिन्धुपाल्चोकमा भने हिजो सुरु भएको अधिवेशन आन्तरिक विवादले स्थगित भएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.