सुदूरपश्चिममा राजधानी गोदावरी फिर्ता

असोज १९, काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले तत्काललाई गोदावरी राजधानी बनाउने निर्णय फिर्ता लिएको छ ।

वातावरणीय अध्ययनपछि मात्रै गोदावरीमा राजधानी तोक्नेगरि अहिलेलाई राजधानी स्थगन गरेको छ । राजधानी तोक्नुअघि पूर्वाधार निर्माणका योजना अघि बढाउन सरकार र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच समझदारी भएको छ ।

गोदावरीमा राजधानी राख्ने निर्णयको विरोधमा कांग्रेसले लगातार प्रदेशसभा बैठक बहिष्कार गर्दै आएको थियो। सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घ सोडारीले आगामी दिनमा प्रमुख प्रतिपक्षी दलसँगै सहकार्य गरेर अघि बढ्ने त्यसै अनुसार राजधानी तोक्ने बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.