प्रदेशलाई अघि बढाउने जिम्मा प्रदेश सरकारकै होः स्वास्थ्यमन्त्री यादव

असोज १८, जनकपुर । उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले प्रदेशलाई अघि बढाउने जिम्मा प्रदेश सरकारको रहेको बताएका छन् ।

लोक सेवा आयोग, करार सेवा आयोगमार्फत कर्मचारी भर्ना गरेर प्रदेशको विकास कामलाई अघि बढाउनुपर्ने धारणा उनले राखे । जनकपुर अञ्चल अस्पतालको नवनिर्मित बहिरंग विभागको उद्घाटन गर्दै मन्त्री यादवले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्नको लागि निर्देशन दिए । उपप्रधान यादवले प्रत्येक नागरिकलाई निःशुल्क आधारभूत स्थाथ्य सेवा उपलब्ध गराउने तयारी भइरहेको बताए । अब नगरपालिका, गाउँपालिकादेखि हरेक वडामा स्वास्थ्य चौकी खोल्ने बताए । ‘स्थास्थ्य सेवाका लागि हामी प्रत्येक नगर, गाउँपालिका र वडामा स्वास्थय संस्था खोल्छौँ । कोठा उपलब्ध नभए भाडामा लिएर पनि खोल्छौँ,’ उनले भने । मन्त्री यादवले हडबडमा ल्याइएको संविधान त्रुटिपूर्ण रहेको बताउँदै संविधान शंसोधनको प्रक्रियामा रहेको बताए । प्रदेश २ को अस्थायी राजधानी र जानकीको जन्म स्थलमा जनकपुरमा फोहोर देखेर मन्त्री यादवको ध्यानाकर्षण भएको छ । उनले फोहोर व्यवस्थापनका लागि प्रर्याप्त वजेट आउँदा पनि स्थानीय जनप्रतिनिधिले काम नगरेको भन्दै आपत्ति जनाए ।

उनले जनकपुर अञ्चल अस्पताललाई नाम परिवर्तन गरी प्रादेशिक अस्पताल घोषणा गर्न प्रदेश सरकारलाई आग्रह गर्दै जनकपुरलाई मेडिकल हब बनाउन यसै अस्पतलमा मेडिकल कलेजसमेत खोल्नुपर्ने धारण राखे । उनले एक अस्पतालको जाँच रिपोर्ट अर्को अस्पतालमा गएर नमिल्ने र गलत पनि ठहर हुने गरेको स्मरण गर्दै सबै प्रदेशमा स्तरीय स्वास्थ्य प्रयोगशाला निर्माण गर्ने र प्रदेश २ मा अब क्यान्सर अस्तपताल निर्माण गर्न सरकारले अध्ययन समितिसमेत गठन भइसकेको जानकारी दिँदै अध्ययन समितिले उपयुक्त ठाउँको अध्ययन गरिरहेको बताए ।उनले स्वच्छ सफा तथा हराभरा जनकपुर बनाउन र पर्यटकिय विकास गर्न सरसफाइ अभियान चलाउनुपर्नेमा समेत जोड दिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.