टेक्स्पायर कलेज कर्पोरेट टी–१० को मुख्य प्रायोजक

वैशाख ९, काठमाडौँ । काठमाडौँ स्पोर्ट्स एन्ड इभेन्ट्स प्रा.लि. द्वारा आयोजना हुन लागेको कर्पोरेट टी–१० क्रिकेट प्रतियोगिताको मुख्य प्रायोजकका रूपमा टेकस्पायर कलेज रहनेछ।

आज आयोजित एक विशेष कार्यक्रममा टेक्स्पायर कलेजका सिइओ लक्ष्मण पोखरेल र काठमाडौं स्पोर्ट्स इभेन्ट्स प्रा।लि।का निर्देशक ज्योति भण्डारीबीच औपचारिक सम्झौता सम्पन्न भएको हो। काठमाडौंको नयाँ बानेश्वरमा अवस्थित टेकस्पायर कलेज नेपालको सूचना प्रविधि र व्यवस्थापन शिक्षामा एक अग्रणी र प्रतिष्ठित शैक्षिक संस्था हो। यस कलेजले खेलकुदलाई पनि विद्यार्थी र व्यवसायिक व्यक्तित्वहरूको सर्वाङ्गीण विकासको अभिन्न हिस्सा मान्दै आएको छ। कर्पोरेट जगतमा खेलकुद संस्कृतिको प्रवर्द्धन र स्वस्थ जीवनशैलीको सन्देश प्रवाह गर्न कलेजले यस प्रतियोगिताको मुख्य प्रायोजन गरेको हो।

टेक्स्पायर कलेजका सिइओ लक्ष्मण पोखरेलले कर्पोरेट टी–१०लिगसँगको सहकार्यप्रति खुशी व्यक्त गरेका छन्। उनले आजको व्यस्त जीवनशैलीमा यस्ता खेलकुद गतिविधिहरूले कर्पोरेट क्षेत्रमा कार्यरत व्यक्तिहरूलाई ऊर्जा, मनोरञ्जन र नयाँ उत्साह प्रदान गर्ने विश्वास व्यक्त गरे। क्रिकेटजस्तो लोकप्रिय खेललाई कर्पोरेट क्षेत्रसँग जोड्ने पहलका लागि उनले आयोजक टोलीप्रति आभार प्रकट गरेका छन्। साथै, उक्त लिगलाई कर्पोरेट क्षेत्रका लागि उत्कृष्ट प्लेटफर्मका रूपमा विकास गर्न आफूहरू प्रतिबद्ध रहेको बताएका छन्।

काठमाडौँ स्पोर्ट्स एन्ड इभेन्ट्स प्रा।लिका निर्देशक ज्योति भण्डारीले टेकस्पायर कलेज जस्तो प्रतिष्ठित शैक्षिक संस्थाको साथ पाउनु लिगका लागि गौरवको विषय भएको बताए । उनले यस साझेदारीले कर्पोरेट टी–१० लिगलाई अझ प्रभावशाली र व्यवस्थित बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।
कर्पोरेट टी–१० लिग वैशाख १३ देखि १७ गतेसम्म काठमाडौंको तल्लो मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछ। प्रतियोगितामा विभिन्न कर्पोरेट टिमहरूको सहभागिता रहनेछ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.