पत्रकार महासंघ कार्यालयमा फोनिजको कालो ब्यानर
सत्यनारायण बहादुर श्रेष्ठलाई पत्रकार महासंघको संस्थापक अध्यक्ष घोषणा गर्न माग
वैशाख ९, काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काठमाडौँ जिल्ला समितिले स्व. सत्यनारायण बहादुर श्रेष्ठ नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष घोषणा गर्न माग गरेका छन् ।
बुधवार सत्यनारायण बहादुर श्रेष्ठको स्मृति तथा महासंघको ७५ औँ स्थापना दिवस मनाउँदै नेपाल पत्रकार महासंघ काठमाडौँ शाखामा फोनिज काठमाडौँले ज्ञापनपत्र बुझाएका छन् । पत्रकार महासंघ काठमाडौँ शाखा कार्यालय प्रवेशद्वारमा विरोध स्वरूप कालो व्यानर टाँगेर स्व. श्रेष्ठलाई संस्थापक अध्यक्ष घोषणा गर्न माग गरेका छन् ।

फोनिज काठमाडौँका अध्यक्ष भिम बहादुर लामाले ज्ञापनपत्र बुझाउँदै पत्रकारहरूको हक–हित संरक्षण, पेशागत एकता र प्रेस स्वतन्त्रताको प्रवद्र्धन गर्न स्व. श्रेष्ठले पु¥याएको योगदानलाई सम्मान गर्नुपर्ने बताए । अध्यक्ष लामाले नेपाल पत्रकार संघ (हाल नेपाल पत्रकार महासंघ) को जन्मदाता नै सत्यनारायणबहादुर श्रेष्ठ रहेको दावी गर्दै इतिहास र तथ्यलाई मेट्ने कार्य नगर्न महासंघ सम्बद्ध नेतृत्वलाई आग्रह गरे । श्रेष्ठको सभापतित्वमा वि.सं. २००८ वैशाख ९ गते नेपाल पत्रकार संघको स्थापना गरिएको थियो । उच्चस्तरीय अध्ययन समिति गठन गरि स्व. श्रेष्ठलाई पत्रकार महासंघको संस्थापक अध्यक्ष घोषणा गरि त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आम सञ्चार केन्द्रीय विभागमा अभिलेख गरि राख्नुपर्ने बताए ।

फोनिज काठमाडौँले बुझएको ज्ञापनपत्र बुझ्दै नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाकी अध्यक्ष शोभा अर्यालले स्व. सत्यनारायण बहादुर श्रेष्ठको योगदानलाई सबै सञ्चारकर्मीले सम्मान गर्नुपर्ने बताइन् । ज्ञापनपत्रलाई केन्द्रीय तहसमक्ष पु¥याउने र फोनिजको जायज मागलाई सम्बोधन गर्न पहल गरिने बताइन् । सो कार्यक्रममा फोनिज संघीय समितिका कोषाध्यक्ष अर्जुनबहादुर तामाङ, केन्द्रीय सदस्य अमीर लामा, बागमति प्रदेशका पदाधिकारी तथा फोनिज काठमाडौँका पदाधिकारी सहभागी थिए ।

