५ दिने निःशुल्क माइम कार्यशाला सुरू

वैशाख ७, काठमाडौँ । सांस्कृतिक युवा समूह काठमाडौं र सोमा माइम थिएटर, कोलकत्ताको संयुक्त आयोजनामा ५ दिने निःशुल्क माईम कार्यशाला सञ्चालन भएको छ ।

नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको माइम कार्यशाला हुने साँस्कृतिक युवा समूहका अध्यक्ष वेचन लामाले बताएको छ । आज (सोमबार) सफल व्यवसायी तथा समाजसेवी मधु क्षेत्रीको प्रमुख आतिथ्यतामा उद्घाटन भएको उक्त कार्यशाला ५ दिनसम्म सञ्चालन हुने बताएको छ । प्रमुख अतिथि मधु क्षेत्रीले माइम कलाको माध्यमबाट व्यक्तिलाई नयाँ परिवेश जिउन सजिलो बनाउने बताए । माइम नबोलि गरिने सम्वाद वा इशाराको कला भएकाले आफुलाई जस्तोसुकै परिस्तिथिमा पनि जिउन सहयोग पु¥याउने बताए । समाजसेवी क्षेत्रीले तालिमलाई प्रभावकारी बनाउन अभ्यास गर्दै जानुपर्ने बताए ।

त्यस्तै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ काठमाडौँका अध्यक्ष भिम लामाले माइम कार्यशालाले शब्दविनाको सञ्चार विकासमा सहयोग पुग्ने बताए । जसको माध्यमबाट विभिन्न देशविचको कला, संस्कृति, विचारको आदानप्रदान गर्न सहज बनाउने बताए । शब्दविनै आफ्नो अभिव्यक्ति प्रस्तुत गर्ने माइम कार्यशालाले अभिनय कला, शरीरको अभिव्यक्ति तथा माइम प्रविधिमा रुचि राख्ने सहभागीहरूलाई नयाँ ज्ञान र अनुभव प्रदान गर्ने बताए ।

सो कार्यक्रममा अथितिहरु समाजसेवी आर बि ठकुरी, सम्वृद्ध नेपाल धनुषाका अध्यक्ष रित बहादुर श्रेष्ठ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काठमाडौँका अध्यक्ष भिम बहादुर लामा, शैक्षिक अभियान्त मनराज कुँवर, फोटोपत्रकार प्रदीपकुमार श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

पाँच दिनसम्म चल्ने उक्त कार्यशालामा प्रमुख प्रशिक्षक सोमा माइम थियेटर, कोलकत्ताका अनुभवी माइम कलाकार सोमा दास रहेकी छन् । अन्तर्राष्ट्रिय स्तरमा ख्याती प्राप्त कलाकार समेत रहेकी सोमा दासले सहभागीहरूलाई माइम कला सम्बन्धी व्यवहारिक तथा सैद्धान्तिक ज्ञान प्रदान गराउने छिन् । माइम कला मार्फत सिर्जनात्मक अभिव्यक्तिलाई अझ सशक्त बनाउने उद्देश्यका साथ कार्यशाला सञ्चालन गर्न लागिएको आयोजकले बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.