‘राज्य सञ्चालनमा युवाको बढ्दो सहभागिता उत्साहजनक’ – पूर्वराजा शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीति र राज्य सञ्चालनको गतिवधिमा युवापिँढीको संलग्नता बढ्दै जानु उत्साहको विषय भएको बताएका छन् ।शाहले नयाँ वर्ष ०८३ को पूर्वसन्ध्यामा भिडिओ सन्देश जारी गर्दै यस्तो धारणा राखेका हुन् ।

शाहले राजनीति र राज्य सञ्चालनमा युवाहरूको सहभागितालाई ‘उत्साहको विषय’ भन्दै यसले राष्ट्रलाई नयाँ दिशा दिने विश्वास व्यक्त गरेका हुन् । ‘पढेलेखेका, देश बुझेका र आधुनिक प्रविधिको ज्ञान भएका उत्साहित पात्रहरूको आगमनले राष्ट्रलाई फलदायी बनाउन मद्दत पुग्छ,’ उनले भिडियो सन्देशमा भनेका छन् ।

विगतका राजनीतिक परिवर्तनहरू केबल सतहु मात्र भएको र दलीय खिचातानीले गर्दा देश प्रयोगशाला मात्र बनेको टिप्पणी उनले गर्ने गरेका थिए । तर, वर्तमान सन्दर्भमा युवाहरूको नेतृत्वले राष्ट्रिय समृद्धिमा योगदान पुर्‍याउने अपेक्षा गर्दै उनले नयाँ सरकारलाई केही महत्त्वपूर्ण सुझावहरू समेत दिएका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.