समिरमानसिंह बस्नेतलाई ‘ईनकाउन्टर’ गर्न खोजिएको श्रीमतिको आरोप

असोज १७, काठमाडौं । निर्माण व्यवसायी शरदकुमार गौचन हत्याको अभियुक्त समिरमान सिंह बस्नेतलाई मुस्ताङ जेलमा सरुवा गरिएकोप्रति परिवारले आपत्ति जनाएका छन् ।

बस्नेतकी श्रीमती माया शेरचन र दाइहरु सुधिरमानसिंह र सुविरमानसिंह बस्नेतले पत्रकार सम्मेलन गरी जालझेल र षड्यन्त्रपूर्वक समिरलाई रातारात मुस्ताङ पुर्‍याएको भन्दै आपत्ति जनाएका हुन् । बस्नेतकी श्रीमती मायाले भनिन्, ‘मलाई जानकारी नै नगराई रातारात उहाँलाई मुस्ताङ लगियो । त्यो दिन राति ६ बजे मात्र मुस्ताङ लगिँदैछ भनेर जानकारी दिइएको थियो । मोटरसाइकलबाट पोखरा पुगेर श्रीमानलाई भेट्दा कहाँ लगिँदैछ भनेर थाहा नभएको मसँग भन्नुभयो ।’

उनले रुँदै भनिन्,’काठमाडौंबाट किन लगियो भन्नेमा हामीलाई शंका छ । उहाँको केश त काठमाडौंमै छ ।’ आफ्नो श्रीमानलाई प्रहरीले इन्काउन्टर गर्ने षड्यन्त्रका साथ जेल सारेको भन्दै जीवन रक्षाको माग गरेकी छन् । जोमसोम कारागार सुरक्षित नभएको भन्दै उनले भनिन्, ‘बरु काठमाडौंको गोलघरमै राखिदिएको भए हुन्थ्यो ।’ समिरको तर्फबाट वकालत गरिरहेका अधिवक्ता कृष्णप्रसाद शर्माले राज्यले हरेक नागरिकलाई सुरक्षा दिनुपर्ने बताउँदै नागरिकहरुको मानव अधिकारको प्रत्याभुति गर्नुपर्ने बताए । उनले भने, ‘समिरको केशमा राज्य मानवअधिकार दिने कुरामा चुक्न खोजेको हामीलाई आशंका छ ।’ गत असोज २३ गते काठमाडौंको शान्तिनगरस्थित खरिबोटका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनमाथि गोली हानी हत्या गरेको आरोपमा बस्नेत मंसिरमा पक्राउ परेका थिए । पक्राउ परेपछि नख्खु कारागारमा रहेका मसिरलाई असोज १५ गते मुस्ताङ लगिएको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.