रवि र बालेनलाई भुटानी प्रधानमन्त्रीको बधाई

काठमाडौं । भुटानी प्रधानमन्त्री छिरिङ्ग तोब्गेले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहलाई बधाई दिएका छन् ।

सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै उनले सफल निर्वाचनका लागि नेपाली जनतालाई बधाई दिएका छन् ।  ‘नेपालको आम चुनावमा भारी विजय हासिल गर्नुभएकोमा श्री बालेन शाह र श्री रवि लामिछानेलाई बधाई छ,’ भुटानी प्रधानमन्त्रीले लेखेका छन्, ‘म सफल चुनावको लागि नेपाली जनतालाई पनि बधाई दिन्छु ।’

प्रधानमन्त्री तोब्गेले आगामी सरकासँग दुई देशबीचको न्यानो मित्रतालाई अझ गहिरो बनाउन तत्पर रहेको पनि उल्लेख गरेका छन् । ‘हामी दुई देशहरू बीचको न्यानो मित्रतालाई अझ गहिरो बनाउन तत्पर छु,’ शुभकामना सन्देशमा उनले लेखेका छन् ।
Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.