‘सिटी सेन्टर सेलेब्रेसनः दशैं तथा तिहार उत्सवमा ५० प्रतिशतसम्म छुट

असोज १७, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले काठमाडौंको कमलपोखरीमा सञ्चालनमा ल्याएको व्यावसायिक भवन सिटी सेन्टरमा गत शुक्रबारदेखि ‘सिटी सेन्टर सेलेब्रेसनः दशैं तथा तिहार उत्सव–२०७५’ सञ्चालन भएको छ । सिटी सेन्टरले महान् चाड दशैं, तिहार तथा छठको अवसर पारेर उक्त मेलाको आयोजना गरेको हो ।

दुई महिनासम्म सञ्चालन हुने उक्त मेलामा घरायसी सम्पूर्ण सामानमा ५० प्रतिशतसम्म छुट दिने घोषणा गरिएको सेन्टरले जानकारी गराएको छ । विगतदेखि नै ग्राहकमुखी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको मलले यसपटक पनि त्यसैको निरन्तरता स्वरुप दशैं मेला आयोजना गरेको दावी गरेको छ । मेलाको अवसरमा २ महिनासम्म साङ्गीतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू गर्ने र उक्त कार्यक्रममा सहभागी ग्राहकहरूले विभिन्न उपहार पनि जित्न सक्नेछन् भने सबै ग्राहकहरू ‘इन्टर द मल एन्ड विन’ योजनामा सहभागी हुन पाउनेछन् । यस योजनामा सहभागी भएका मध्येबाट लक्की ड्रमार्फत् भाग्यशाली विजेतालाई आकर्षक ग्रान्ड प्राइज दिइनेछ ।

यसैगरी मेलामा युवापुस्ताका लोकप्रिय गायक स्वप्नसुमनको प्रस्तुति प्रत्यक्ष हेर्न पाइने, हरेक दिन विभिन्न ब्यान्डको प्रस्तुति रहने, हास्य कलाकारहरूले ‘स्ट्यान्ड अप कमेडी’ पनि प्रस्तुत गर्नेछन्, प्रत्येक फ्लोरमा फोटो बुथ पनि राखिनेलगायत अन्य विभिन्न आकर्षण रहेको आयोजकले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.