काठमाडौं ३ मा कुलमानको घरदैलो, मतदाताहरु नयाँ विकल्प रोज्न उत्साहित

फाल्गुन १५, काठमाडौं। कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौं क्षेत्र नम्बर ३ मा चुनावी घरदैलो कार्यक्रम तीव्र बनाएको छ।

पार्टीका अध्यक्षसमेत रहेका काठमाडौं क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा उम्मेदवार घिसिङको टोलीले शुक्रबार गोकर्णेश्वर नगरपालिकाका वडा नम्बर २, ३ र ४ मा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै पार्टीका एजेन्डा प्रस्तुत गरेको हो। घरदैलो कार्यक्रमका क्रममा पार्टीका सदस्य कुमारराज सुवेदीले काठमाडौं क्षेत्र नम्बर ३ का मतदाताहरू परिवर्तनको पक्षमा रहेको दाबी गरे। उनले मतदाताहरू यसपटक नयाँ विकल्प रोज्न उत्साहित देखिएको बताए।

सुवेदीले घिसिङको नेतृत्व क्षमताको प्रशंसा गर्दै भने, ‘हाम्रो उम्मेदवारले देशलाई बत्तीको उज्यालो दिएर आफ्नो नेतृत्व प्रमाणित गरिसक्नु भएको छ। अब उहाँले राजनीतिको लोडसेडिङ पनि हटाउन सक्नुहुन्छ भन्ने विश्वास जनतामा बढ्दो छ।’ उनले पार्टीले जनताबाट अपार साथ र समर्थन प्राप्त गरिरहेको दाबीसमेत गरे। उनले कुलमान घिसिङ देशमा समृद्धिको उज्यालो दिन सक्ने व्यक्ति भएको बताए। उनले भने, ‘काठमाडौं क्षेत्र नम्बर ३ का जनता नितान्त रुपमा परिवर्तनको पक्षमा हुनुहुन्छ। उहाँहरु यस पटक आफ्नो मत परिवर्तन गर्न तमतयार हुनुहुन्छ । जनताहरुको अपार साथ र स्नेह पाइरहेका छौं। घिसिङ यस्तो उम्मेदवार हुनुहुन्छ जसले यो देशमा समृद्धिको उज्यालो दिन सक्नुहुन्छ।’

विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशकका रुपमा लोडसेडिङ अन्त्य गरेर चर्चामा आएका घिसिङको ‘व्यक्तित्व ब्रान्ड’लाई शुभेच्छुकहरुले बढी प्रचार गरिरहेका छन्।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.