काठमाडौं । आसन्न निर्वाचनलाई निष्पक्ष, धाँधलीरहित र सुरक्षित तवरले सम्पन्न गर्नका लागि देशभर निर्वाचन प्रहरीको परिचालन गरिएको छ । अहिले राजधानीका प्रमुख व्यापारिक केन्द्रदेखि गाउँ-गाउँका चोकहरूमा म्यादी प्रहरीहरू नीलो बर्दीमा सजिएर खटिएका छन् ।
नेपाल प्रहरीले उनीहरूलाई केवल सुरक्षा घेरामा मात्र सीमित नराखी, नागरिकसँग गर्ने व्यवहार, भीड नियन्त्रण, र निर्वाचन आचारसंहिता पालनाका विषयमा सूक्ष्म प्रशिक्षण दिइरहेको छ । प्रत्येक चोकमा खटिएका म्यादी प्रहरीहरूलाई सम्बन्धित क्षेत्रका प्रहरी निरीक्षक र हवलदारहरूले स्थलगत रूपमै कामको प्रकृति बुझाइरहेका छन् ।

