निर्वाचन आचारसंहिता उल्लंघन : पत्रकारद्वय थपलिया र चौलागाइलाई कारबाही गर्न सिफारिस

माघ २८, काठमाडौँ । पत्रकारको खोल ओढेर राजनीतिमा सक्रिय रहेका दुई पत्रकारलाई कानून अनुसार कारबाही गर्न निर्वाचन आयोगले प्रेस काउन्सिल नेपाललाई लेखी पठाएको छ ।

काठमाडौँ जिल्ला, तारकेश्वर नगरपालिका वडा नं. १० स्थित शिवपुरी मिडिया नेटवर्क प्रालिबाट सञ्चालित सगरमाथा पोष्ट डटकमका अध्यक्ष÷सम्पादक रबिन प्रसाद थपलिया र प्रबन्ध सम्पादक चित्रकुमार (सिके) चौलागाँईले आफ्ना व्यक्तिगत सामाजिक सञ्जालबाट निर्वाचन उम्मेदवारका प्रचार प्रसारका सामग्रीहरु निरन्तर पोष्ट गरेको भनी आयोगमा उजुरी परेपछि प्रेस काउन्सिल नेपाललाई कानून कारबाहीका लेखी पठाएको हो ।

उजुरी अनुसार यसमा प्रचलित कानून बमोजिम आवश्यक अनुसन्धान तथा कारवाही गर्न काउन्सिलमा पठाइएको आयोगले जनाएको छ । सगरमाथा पोष्ट डटकमका यी दुई पत्रकारको खोल ओढेर राजनीतिकलगायत धाक धम्कीका अन्य गतिविधिमा संलग्नले आफ्ना व्यक्तिगत सामाजिक सञ्जालबाट निर्वाचन आचारसंहिता, २०८२ को दफा ७ को खण्ड (क) र (झ) को प्रतिकुल हुने गरी निर्वाचन उम्मेद्वारका प्रचारप्रसारका सामग्री निरन्तर पोष्ट गरेको भनी उजुरी परेकोले काउन्सिलमा लेखी पठाइएको आयोगका कानुन अधिकृत मोहनराज जोशीले पठाउनुभएको पत्रमा उल्लेख छ ।

त्यसैले प्रचलित कानुन बमोजिम आवश्यक अनुसन्धात तथा कारबाही गर्न निर्णय अनुसार पठाइएको उहाँले हस्ताक्षर गर्नुभएको पत्रमा उल्लेख छ । सगरमाथा पोष्ट डटकममा प्रबन्ध सम्पादक नाम राखिएका चौँलागाईँ नेपाली कांग्रेस सिन्धुपाल्चोकको जिल्ला कार्य समिति सदस्य र प्रचारप्रसार विभाग प्रमुखसमेत भएको प्रमाणसमेत प्राप्त भएको छ । पत्रकारको खोल ओढेर राजनीति गर्ने यी दुई कारबाही गरी निजहरुले प्राप्त गरेको सूचना तथा प्रसारण विभागबाट जारी प्रेस प्रतिनिधि परिचय पत्र खारेज गर्न पनि उजुरीकर्ताले माग गरेको जनाइएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.