बस दुर्घटना अपडेट : ६ जनाको मृत्यु, तीनवटै सुरक्षा निकायबाट उद्धार कार्य जारी

काठमाडौं । रामेछापमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । मन्थली नगरपालिका–५ मसानटारमा आज बिहान भएको बस दुर्घटना भइ तामाकोसी नदिमा खस्दा  ६ जनाको मृत्यु भएको हो । दुई पुरुष र चार महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रामेछापका सहायक जिल्ला अधिकारी रामबहादुर केसीका अनुसार ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । ६ जना घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ ।  बस नदीमा खसेका कारण हताहतको संख्या यकिन हुन नसकेको उनले बताए । बसमा कति यात्रु सवार थिए भन्ने खुलिनसकेको उनको भनाइ छ । डुंगामार्फत उद्धारकार्य जारी छ ।   ०३०१–०००५ख–९९७५ नम्बरको बस काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै थियो । तीनवटै सुरक्षा निकाय उद्धारमा जुटेका छन् ।


सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार घाइतेको उद्धारका लागि १० जनाको गोताखोर टोली परिचालन भएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.