धादिङमा दुईवटा बस एकआपसमा ठोक्किए

माघ २५, काठमाडौं । मुग्लिङ(काठमाडौं सडकखण्डअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–६ दसकिलोमा दुईवटा बस एकआपसमा ठोक्किएका छन् ।

दाङबाट काठमाडौं आइरहेको प्रदेश नम्बर ३–०१–००६ ख १५५२ नम्बरको बस र काठमाडौंबाट रसुवागढीतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६–ख १५५२ नम्बरको बस र काठमाडौंबाट रसुवातर्फ जाँदै गरेको बा. प्र. ०१–००६ ख ५२०६ नम्बरको रिजर्भ बस आज बिहान करिब साढे ७ बजे ठोक्किएका हुन् ।

दुर्घटनापछि एउटा बस सडक किनारमा रहेको टिनले छाएको कच्ची पसलमा समेत ठोक्किँदा पसलमा क्षति पुगेको छ । पसलमा रहेका र बसमा सवार यात्रुहरू समेत घाइते भएका छन् । घाइतेहरुलाई उद्धार गरी धादिङको थाक्रे पोलिक्लिनिक र काठमाडौंका अस्पताल पठाइएको छ । घाइतेहरूको विवरण आउन बाँकी छ । प्र.३–०१–००६ ख १५५२ नं. को बस चालक दाङको तुलसिपुर उपमहानगरपालिका( ६ बस्ने २४ वर्षीय सन्तोष नेपालीलाई इलाका प्रहरी कार्यालय खानीखोलाले नियन्त्रणमा लिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.