बौद्ध एकल महिला समूहद्वारा नुवाकोटमा शैक्षिक सामग्री हस्तान्तरण

माघ २४, काठमाडौं । बौद्ध एकल महिला समूहद्वारा नुवाकोटको शिवपुरी गाउँपालिका वडा नं १ स्थित श्री भुमेदेवी माध्यमिक बिधालयमा अध्ययनरत  बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

बिद्यालय व्यवस्थापन समिति अध्यक्ष एवम् शिवपुरी गाउँपालिका वडा नं: १ अध्यक्ष शुकुराम लामा दोङको सभापतित्वमा  समुहका अध्यक्ष सतिला शोभा लामाको प्रमुख आतिथ्यमा शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रम भएको थियो ।

समूहकि अध्यक्ष सतिला शोभाले आफ्नो व्यक्तिगत रुपले नौ वाट कम्प्युटर,कम्प्युटर टेबुल हस्तान्तरण गरेका थिइन  ।  शैक्षिक सामग्री साथै बालबालिकालाई दिवा खाजा समेत खुवाएका थिए ।

सो कार्यक्रमम  बिद्यालयको तर्फबाट समुहका अध्यक्ष सतिला शोभा लामालाई सम्मान पत्रले सम्मान गरिएको थियो । अतिथिहरुको सम्मानका लागि उक्त विद्यालयका छात्रछात्राहरुले नित्य प्रस्तुत गरि मनोरञ्जन प्रदान गरिएको थियोे

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.