रौतहटमा रास्वपा उम्मेदवार चढेको गाडीको ठक्करले बालिकाको मृत्यु

रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर २ मा रास्वपाका उमेदवारको गाडीले ठक्करले एक जनाको मृत्यु भएको छ ।

रास्वपाका उम्मेदवार सगिर आलम चढेको गाडीको ठक्करबाट बिहीबार दिउँसो इशनाथ नगरपालिका वडा नम्बर ४ मठियाकी चार वर्षिया अल्फा खातुनको ज्यान गएको हो।

चुनाव प्रचारकै क्रममा रहेको बेला दिउँसो २:३० बजेको समयमा बा१५च ४२४४ नम्बरको कार चढेर मत माग्न जाँदै गरेको बेला तीव्र गतिमा रहेको कारले ती नाबालिकालाई ठक्कर दिएको थियो। गम्भीर घाइते बनेकी उनको उपचारका क्रममा ज्यान गएको हो। घाइते नाबालिकालाई चालकले सदरमुकाम गौरस्थित प्रादेशिक अस्पतालमा उपचारको लागि पुर्‍याएका थिए। उपचारको क्रममा उनको ज्यान गएपछि चालक अस्पतालबाटै फरार भएको प्रहरीले जनाएको छ।

ठक्कर दिने गाडी प्रहरीले नियन्त्रणमा लिएको र चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता डिएसपी बिष्णु प्रदीप बस्यालले जानकारी दिएका छन्।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.