अपराध रोक्न नागरिक समाज र प्रहरीको सहकार्य अनिवार्य 

माघ २०, काठमाडौं । समाजमा घट्ने विभिन्न अपराध न्यूनीकरण गर्न नागरिक समाज र प्रहरी एकासाथ लाग्नुपर्ने सरोकारवालाहरुले बताएका छन् ।

सामुदायिक सेवा समितीले मंगलवार बौद्धमा आयोजना भएको  ट्राफिक व्यवस्थापन तथा शान्ति सुरक्षा विषयक अन्तरक्रिया कार्यक्रममा सो कुरा बताएका हुन् । विश्व सम्पदा सूचीकृत बौद्ध महाचैत्य परिसर र आसपासका क्षेत्रमा बढ्दै गरेको आपराधिक गतिविधि, कुलतजन्य विकृतिको समाधानसंगै ट्राफिक व्यवस्थापनमा नागरिक समाज, संघसस्था र नेपाल प्रहरी संगसंगै लाग्नुपर्ने सुझाव आएको छ ।

कार्यक्रममा सहभागी जनप्रतिनिधि, नेपाल प्रहरी, जिम्मेवार संघसस्थाका प्रतिनिधिहरुले  सडक बत्ती, सिसि क्यामेरा, जेब्र क्रसिङ, सडक संकेत चिन्हहरु पुनः मर्मतसम्भार सम्भार गरि नागरिकलाई सहज बनाउने प्रतिबद्धता गरे ।  बौद्ध परिसरलाई थप व्यवस्थित बनाइ पर्यटक तथा बौद्ध धर्मावलम्बीहरुको शान्ति सुरक्षालाइ थप व्यवस्थापन गर्न त्यस वरिपरि दु:ख दिने मगन्ते, लुटपाट गर्नेहरुको पुनः रूपमा निगरानी गर्दै कारबाही प्रक्रिया अगाडि बढाउने बताएका छन्।

सामुदायिक सेवा केन्द्रका अध्यक्ष वीरबहादुर वाइबा लामाको अध्यक्षतामा भएको सो  कार्यक्रममा बागमती प्रदेश सभा सदस्य छिरिङदोर्जे तामाङ, काठमाडौँ महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष भुवन लामा,  बौद्ध क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामा,  बौद्ध प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष रोका,  ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक शेखर थापा, समाजसेवी देव लामा,  सम्पूर्ण कुमार लामा, खड्काजीत तामाङ लगायतको उपस्थिति रहेका थिए ।

अन्तरक्रियात्मक कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरू,  स्थानीय संघसंस्थाका प्रतिनिधिहरु,  महिला समाज र शिक्षक शिक्षिकाहरूको बाक्लो उपस्थित रहेका थिए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.