काठमाडौं । पत्रकार दिनेश सिटौलाको निधन भएको भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहको चुनावी अभियानमा अछाम गएका बेला अचानक बेहोस भएर ढलेपछि ४३ वर्षीय सिटौलालाई शुक्रबार काठमाडौं ल्याइएको थियो ।
एन्यूरिज्म रप्चर (ब्रेन ह्यामरेज) भएको निष्कर्षसहित ग्राण्डी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । तर, अहिले चिकित्सकले आज १२ः४५ बजे मृत घोषणा गरेका हुन् । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने तयारी छ ।


