काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल नियन्त्रणमा लिएको छ ।
यातायात व्यवस्था कार्यालय चाबहिलका कर्मचारीले विचौलियामार्फत सवारीचालक अनुमतिपत्र दिलाउन घुस लिने गरेको उजुरीको आधारमा आयोगले कार्यालयका प्रमुख पेशलकुमार पोखरेलसमेत २७ जनाको ३७ थान मोबाइल नियन्त्रणमा लिएको हो ।
त्यसमध्ये १७ जना कार्यालयका कर्मचारी, काठमाडौं उपत्यका ट्राफिक कार्यालय रामशाहपथका प्रहरी सहायक निरीक्षक डोरहरि नेपालसमेत तीनजनाको मोबाइल जफत गरेको छ । त्यस्तै अन्य विचौलियाको मोबाइल जफत गरेको आयोगस्रोतले जानकारी दिएको छ ।

