माघ १२, भक्तपुर । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि प्रत्यक्षतर्फको मतपत्र छपाइको कार्य सुरु भएको छ। मतपत्र छपाइ प्रक्रियाको अनुगमन तथा निरीक्षणपछि कार्यबाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले पत्रकार सम्मेलनमार्फत सञ्चारकर्मीहरूलाई आवश्यक जानकारी दिनुभएको छ। उहाँले निर्वाचनको निष्पक्षता, पारदर्शिता र समयमै सम्पन्न गर्न निर्वाचन आयोग प्रतिबद्ध रहेको बताउनुभयो।
आजदेखि प्रत्यक्षतर्फका मतपत्रहरू जनक शिक्षा सामग्री केन्द्र, भक्तपुरमा छपाइ हुन थालेको हो। मतपत्र छपाइ कार्यलाई उच्च सुरक्षासहित अगाडि बढाइएको छ भने आयोगका पदाधिकारी तथा प्राविधिक टोलीको निरन्तर निगरानी रहने जनाइएको छ।
तस्बिर : प्रदीपराज वन्त, निर्वाचन आयोग



