संसारकै सुन्दर चरामा पर्ने मण्डारिन हाँस बसाइँ सर्ने क्रममा नेपाल आइपुग्यो

माघ ९, काठमाडौं । दक्षिण कोरिया र जापान तिर पाइने लोपोन्मुख मडारिन प्रजातीको हाँस  सुन्सरीको कृषि अनुसन्धान केन्द्रमा रहेकोे सिलसिले हासको बथानसंगै देखिएको छ ।

नेपालमै दुर्लभ मानिने र विश्वकै सुन्दर जलपंक्षीमध्ये गनिने मन्डारिन हाँसको जोडी इटहरी उपमहानगरपालिका–२० तरहरा क्षेत्रमा देखिएपछि संरक्षणकर्मी र चराप्रेमीको ध्यान तानिएको छ।

रंगीन प्वाँख र विशिष्ट बनावटका कारण विश्वकै सुन्दर हाँसमध्ये गनिने मन्डारिन (जलचर) हाँसको उपस्थितिलाई यस क्षेत्रको जलचर तथा वातावरणीय अवस्था अनुकूल बन्दै गएको संकेतका रूपमा लिइएको छ।

संसारकै सुन्दर चरामा पर्ने मण्डारिन हाँस बसाइँ सर्ने क्रममा बाटो बिराएर वा कतैबाट छुट्टिएर विरलै नेपालका जलाशयहरूमा आइपुग्ने चराविद्हरु बताउँछन् । नेपालका लागि दुर्लभ यो प्रजाति सन् १९९० मा तल्लो अरुण नदी (संखुवासभा), २०००, २०११, २०१४ र २०१९ मा चितवन, २०२० मा मस्र्याङदी नदी, २०१९/२० मा बर्जु ताल सुनसरीमा र पोखरामा २०२१ मा यो चरा देखिएको हिमालयन नेचरले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.